काठमाडौं- गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनकै लागि बनेको बताएका छन् ।
उनले संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्न, विकास निर्माणका कामहरुलाई दु्रत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको जिकिर गरे ।

सिरहा र धनुषामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन बिहीवार बिहान जनकपुर पुगेका उनले विमानस्थलमा सन्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने भन्दै उनले सरकार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गरे ।
‘यो सरकारले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको छ, उनले भने, ‘हामीले त्यही ढंगले काम सम्पादन गर्छौं । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने कुरामा अघि बढिरहेका छौँ ।’
गृहमन्त्री लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून बनाउन लागिएको पनि जानकारी दिए ।
नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निणर्य गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुनेउनले बताए ।
प्रहरी सम्बन्धी संघीय ऐनमा परिमार्जन गरेर प्रहरी समायोजनसहित प्रदेश प्रहरी गठन र समायोजनका कामहरु हुने उनको भनाई छ ।