काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबिच भेटघाट भएको छ । भारत भ्रमणमा रहेकी मन्त्री राणालाई प्रमुख चौथाइवालेले उनी बसेको दिल्लीको साकेटस्थित शेराटन होटलमा गएर बुधबार भेटेका हुन् ।

भेटमा प्रमुख चौथाईवालेले मन्त्री भएकोमा कांग्रेसका नेतृ समेत रहेकी राणालाई बधाई तथा शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबिचको सम्बन्धलगायतको विषयमा छलफल भएको बताइएको छ ।  

OM Sai Pathibhara Hospital

गत वर्ष मन्त्री राणाले प्रमुख चौथाइवालेलाई राखी बाँधेकी थिइन् । प्रमुख चौथाइवालेलाई राखी बाँधेर भारतसँग सांस्कृतिक सम्बन्ध विस्तार गरेको भनि खुब चर्चा भएको थियो । यसपटक पनि राखीकै समयमा भारत भ्रमणमा जाँदा राखी बाँध्ने अनुमान गरिएको थियो । यसपटक राणाले राखे नबाँधेको त्यहाँस्थित स्रोतले जनाएको छ ।

मन्त्री राणा भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटघाट गरेकी छिन् । उनी मंगलबारदेखि स्वास्थ्य उपचारमा रहेकी छिन् ।

मन्त्री आरजु बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।