काडमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई छिटो संसदबाट पारित गर्नुपर्ने बताएका छन् । 

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा बोल्दै मन्त्री लेखकले ऐनलाई छिटो भन्दा छिटो समिति र प्रतिनिधि सभाबाट पारित गर्नुपर्नेमा जोड दिएका हुन् । 

OM Sai Pathibhara Hospital

भ्रष्टाचारसँग सम्बन्धित विषय गम्भीर र संवेदनशील भएको उल्लेख गर्दै उनले यस ऐनको महत्व धेरै रहेको बताए । समितिले पहिचान भएका महत्वपूणर् विषयमा केन्द्रित भएर दफावार छलफल गर्नुपर्ने उनको धारणा छ । 

गृहमन्त्री लेखकले अख्तियारको क्षेत्राधिकार, उजुरीकर्ताको पहिचान, स्वार्थ बाझिएको विषय, अनुचित कार्य लगायतको विषय मुख्यगरी पहिचान भएको उल्लख गरे । 

त्यसैगरी अनुसन्धानका लागि छुट्टै सेवा गठन गर्नुपर्ने र नीतिगत निणर्य तथा भ्रष्टाचारको विषय पनि मुल रुपमा पहिचान भएको भन्दै यि विषयहरुलाई केन्द्रमा राखेर दफावार छलफल अगाडी बढाउनुपर्ने उनको भनाई छ ।