काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताएका छन् । 

बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै ओलीले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको अवस्थामा नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । 

OM Sai Pathibhara Hospital

उनले देशबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूणर् सावित हुने दाबी गरे । ओलीले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने बताए । 

यस्तै प्रधानमन्त्री ओलीले केही ठग तत्त्वहरू छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजेपनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट पारे ।

हाल सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको भन्दै उनले सहकारीप्रतिको विश्वासलाई फेरि जगाउनु पर्नेमा जोड दिए ।