काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निणर्य गरेको हो ।

OM Sai Pathibhara Hospital

यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निणर्य गरेको थियो । 

यद्यपी ढकालले भने कानुन अनुसार आफु अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् । ढकालले पार्टीको निणर्य कानुन विपरित भएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका छन् । 

यस्तै बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निणर्य पनि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । स्थानीय तहमा रिक्त रहेका सबै पदमा रास्वपाले उम्मेदवारी दिएर उप निर्वाचनमा सहभागी हुने निणर्य भएको झाले बताए ।