काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबीचको गठबन्धन तोडिनेमा शंका नगर्न आग्रह गरेका छन् । 

स्वर्गीय कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सहमति अनुसार नै अघि बढ्ने दाबी गरे । 

OM Sai Pathibhara Hospital

“केपी शर्मा ओली र मेरोबिचमा भएको सहमति कसैको दबाबमा हैन, यो सहमतिप्रति शंका/उपशंका गर्न आवश्यक छैन”, देउवाले भने, “सहमति पालनामा कांग्रेस प्रतिबद्ध छ ।”

उनले संविधान संशोधन लगायतका विषयमा पनि सहमति गरिने बताएका छन् । संशोधन लोकतन्त्रका मूलभूत सिद्धान्तअ नुरूप नै हुने देउवाको दाबी छ । 

गठबन्धन कसैका विरुद्ध लक्षित नभएको भन्दै सबै साना दललाई पनि गठबन्धनले समेटेर अघि बढ्ने देउवाको भनाई छ । उनले अब माओवादी, एकीकृत समाजवादी लगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए ।

देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने तर्क समेत गरे ।