विराटनगर- कोशी प्रदेश सभाको बैठक आगामी भदौ १८ गतेका लागि बोलाइएको छ ।
दुई तिहाई बहुमत सरकारको छायाँमा प्रदेश सभा परेको भन्दै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित सत्तारुढ सांसदले नै विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक बोलाएका हुन् ।

यसअघि ८ असारमा बजेट पास भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो । मुख्यमन्त्रीको ग्रिन सिग्नल पर्खिरहेका सभामुख विष्टले त्यस यता बैठक बोलाएका थिएनन् ।
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई दबाब दिएका थिए ।
सभामुखले पनि उनलाई सहज हुनेगरी दुई साता समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन्