काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव डा. सुरेन्द्र झाले वर्तमान गठबन्धनलाई कायम राख्न कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । 

मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभामा बोल्दै उनले छैटौँपटक प्रधानमन्त्री बन्ने आकांक्षाले गठबन्धनको भविष्य तलमाथि नपारिदिन आग्रह गरेका हुन् । 

OM Sai Pathibhara Hospital

दुई ठूला राजनितिक दल कांग्रेस र एमाले कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताउँदै झाले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न देउवालाई आग्रह गरे ।