काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ। 

भेटका क्रममा राजनीतिक विमर्शका साथै सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

OM Sai Pathibhara Hospital

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, 'नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श तथा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।'