काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा बाढी पहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

उनले उद्धार र राहतसहित प्रदेश तत्काल पीडितहरूसँग पुग्ने बताए । सोलुखुम्बु जिल्लाको खम्बु पासङ्ल्यामु गाउँपालिका नाम्चेबाट उत्तर पश्चिममा पर्छ ।

OM Sai Pathibhara Hospital

नाम्चेबाट ५ घण्टाको दुरीमा पर्ने थामेको थोेमुमा बाढीले वितण्डा मच्चाएको हो । त्यहाँ ४० जति घर रहेको प्रहरीले जनाएको छ । सोलुखुम्बुको तिब्बतसँग जोडिएको नाका नाङ्पाला जाने बाटोमा थोमु गाउँ पर्छ ।