काठमाडौँ- प्रतिनिधिसभाको आगामी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर हुने भएको छ।
सभामुख देवराज घिमिरेले बुधबार प्रतिनिधि सभाको बैठक सकिएपछि आगामी बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम निर्धारण गरिएको जानकारी दिएका हुन्।

प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्ने गरी बोलाइएको छ।