काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधि सभाबाट झण्डै सर्वसम्मतिले पारित भएको छ।
विधेयक पारित गर्ने प्रक्रियामा नेपाल किसान मदजुर पार्टीका एक्ला सांसद प्रेम सुवाल हुन्न भन्ने पक्षमा उभिएपछि सर्वसम्मत भने हुन पाएन। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले पेस गरेको संशोधन विद्येयकलाई सभामा निणायर्थ पेस गर्दा अरु सबैले हुन्छ भन्ने पक्षमा हात उठाए भने सुवालले हुन्न भन्नेमा हात उठाएका थिए।

प्रमुख ठूला तीन दल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जोड संशोधन विद्येयकलाई सर्वसम्मतिले पारित गर्ने थियो। सुवाल संसदमा आएका विषय वस्तुमा प्रायः आफूलाई विपक्षमा उभ्याउने गर्छन्।