काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मास्नेगरी संविधान संशोधन नहुने स्पष्ट पारेका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘संविधान संशोधन गर्छौं भन्नुको अर्थ हामीलाई जे लागेको छ, त्यो गर्नु होइन। देशकाविरुद्ध, सुशानका विरुद्ध, समावेशिता मास्ने गरि, संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी संविधान संशोधन हुँदैन।’ 

OM Sai Pathibhara Hospital

संविधान संशोधन गर्दा सवै पक्षसँग छलफल गरिने र सर्वस्वीकार्य बनाउने प्रयास हुने समेत प्रधानमन्त्री ओलीको भनाइ छ। उनले भने, ‘संविधानको सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर सर्वस्वीकार्य बनाउने कुरालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिन्छ भनेको हो।’