काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह नेतृत्वको सरकारमा अहिले काङ्ग्रेस एमालेसहित नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ ।