काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।

OM Sai Pathibhara Hospital