काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । 

काठमाडौंमा आइतबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताए । 

OM Sai Pathibhara Hospital

अहिले नै संविधान संशोधन गर्न नसकिने बताउँदै उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए । 

दुवै सदनमा बहुमत पुर्‍याउन दुई वर्ष कुर्नुपर्ने उनको भनाइ छ । नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताएका छन् । अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै कोइरालाले संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्‍याउनुपर्ने बताए । प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने उनको भनाइ छ । 

राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा(एमाले) एक ठाउँमा उभिएको उनले बताए । नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि उनले बताए ।