काठमाडौँ-  कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले विलम्ब गरेका कारण सरकार विस्तार हुन नसकेको बताएका छन् ।

आइतबार पत्रकारसँग भएको अन्तरसंवादमा मुख्यमन्त्री कार्कीले सरकार विस्तारमा अझै २–४ दिन समय लाग्ने बताए । उनले भने, ‘आज पनि कुरा भएको थियो उहाहरुले अझै समय माग गर्नु भएको छ ।’

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेससँग राष्ट्रिय आवश्यकताका कारण सहकार्य भएको भन्दै आन्तरिक कुरा मिलाउन कांग्रेसले समय माग गरेको बताए । उनले बजेट पास भएपनि गति लिन नसकेको बताए । उनले सरकार विस्तार भएपछि सरकारको काम नयाँ चरणमा प्रवेश गर्ने बताए ।