काठमाडौं–आर्थिक वर्ष ०८०/८१ मा नेपालले १५ करोड ८ लाख १७ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ९४२ किलो अचार निर्यात गरेको छ । प्रमुख निर्यात गन्तव्यमा अस्ट्रेलिया, इटाली, जापान, बेलायत, र अमेरिका रहेका छन्।

बेल्जियम, क्यानडा, चीन, जर्मन, हङकङ, र कोरियामा पनि अचार निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको  । स्वदेशमा उत्पादित अचारको अधिकांश खपत आन्तरिक बजारमै हुने भए पनि आर्थिक वर्ष ०७७/७८ देखि विदेशमा निर्यात गर्न थालिएको हो । यस अवधिमा विभिन्न प्रकारका अचार जस्तै लप्सी, मुला, गाँजर, अकबरे खुर्सानी, बफ, चिकेन, र माछा पनि निर्यात हुने थालेको छ ।

OM Sai Pathibhara Hospital

गत आर्थिक वर्षमा अस्ट्रेलियामा ६ करोड ८१ लाख ३१ हजार रुपैयाँ, इटालीमा १ करोड ७४ लाख ६० हजार, अमेरिकामा १ करोड ६२ लाख २४ हजार, जापानमा १ करोड १७ लाख २५ हजार, र बेलायतमा १ करोड ३ लाख १० हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा ७ करोड २१ लाख ६४ हजार रुपैयाँको अचार आयात भएको छ । चीनबाट ४ करोड ३३ लाख २९ हजार र भारतबाट २ करोड ८८ लाख १३ हजार रुपैयाँको अचार आयात भएको हो ।