काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो तथ्यांकअनुसार आज अधिकांश तरकारीको मूल्यमा सामान्य वृद्धि भएको छ । विशेषगरी, गोलभेडा, काउली र गाजरको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।

ताजा विवरण अनुसार, गोलभेडा (नेपाली) को मूल्य प्रति केजी रू ६० देखि रू ७० सम्म रहेको छ, भने गोलभेडा सानो (लोकल) को मूल्य प्रति केजी रू २० देखि रू २५ सम्म छ। गोलभेडा सानो (टनेल) को औसत मूल्य रू ३१.७५ रहेको छ।

OM Sai Pathibhara Hospital

आलु रातो (नेपाली) को मूल्य प्रति केजी रू ६५ देखि रू ७० सम्म छ, जबकि आलु रातो (भारतीय) को मूल्य रू ५६ देखि रू ५८ सम्म रहेको छ। प्याज सुकेको (भारतीय) को औसत मूल्य प्रति केजी रू १०१.६७ रहेको छ। गाजर (लोकल) को मूल्य प्रति केजी रू ८० देखि रू ९० सम्म र गाजर (तराई) को औसत मूल्य रू ७५ रहेको छ।

बन्दा (लोकल) को औसत मूल्य प्रति केजी रू ५५ रहेको छ भने बन्दा (तराई) को औसत मूल्य रू ४५ रहेको छ। काउली (स्थानीय) को औसत मूल्य प्रति केजी रू ९५ छ भने स्थानीय काउली (ज्यापु) को औसत मूल्य रू ११० रहेको छ।

मूला रातो को मूल्य प्रति केजी रू ५० देखि रू ६० सम्म छ, जबकि मूला सेतो (लोकल) को औसत मूल्य रू २२.३३ रहेको छ।

तरकारीको मूल्य वृद्धिको कारणबारे व्यापारीहरूले खडेरी, ढुवानी खर्च बढ्नु लगायतका कारण देखाउँदै आएका छन्। यसले गर्दा उपभोक्ताहरू मारमा परेका छन् । थप हेर्न यहाँ क्लिक गर्नुहोस्