काठमाडौं।  घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो ।

OM Sai Pathibhara Hospital

पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।