मुम्बई(एजेन्सी) । बंगलादेश यतिबेला शान्त हुने तरखरमा छ । त्यहाँका विद्यार्थीहरुले गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसीनाले राजीनामा दिएर देश छोडिसकेकी छन् । शेखको जीवनमा आएको भूकम्पले विश्व राजनीतिमा जोकोहीलाई चिन्तित बनाएको छ । तर उनको जीवनमा आएको यो घटना पहिलोपटक भने होइन । उनको जीवनबारे फिल्म पनि बनिसकेको छ ।

हसीनाः अ डटर्स टेल

OM Sai Pathibhara Hospital

पिपलु खानको निर्देशनमा बनेको यो डकु ड्रामा फिल्ममा शेखको जीवनका उतारचढावलाई देखाइएको थियो । फिल्ममा शेख आफैंले अभिनय गरेकी थिइन् । ९० मिनेटको यो फिल्म सन् २९१८ नोभेम्बर १६ मा रिलिज भएको थियो । बंगाली भाषामा बनेको यो फिल्म १ दशमलब ८ करोड बजेटमा बनेको थियो । यो फिल्म अन्तर्राष्ट्रियस्तरमा रिलिज गरिएको थियो ।

यो फिल्ममा सन् १९७५ मा हसीनाका पिता शेख मुजीबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको हत्याको घटनालाई देखाइएको थियो । फिल्ममा शेखकी बहिनी शेख रेहनालाई पनि देखाइएको छ । उनले कसरी षड्यन्त्रपूर्ण किसिमले आफ्नो परिवारको हत्या गरियो भन्ने कुरा भनेकी छन् ।

मुजीबः द मेकिङ अफ अ नेशन

यो फिल्म प्रख्यात बंगाली निर्देशक श्याम बेनेगलले निर्देशन गरेका थिए । फिल्ममा आरिफिन शुवू, नुसरत इमरोज तिशा, फजलुर रहमान बाबू, नुसरत फारिया, रियाज अहमद, दिलारा जमानको अभिनय थियो । ‘मुजीब’ १३ अक्टोबर सन् २०२३ मा रिलिज भएको थियो । १ सय ७८ मिनेटको यो फिल्म ८३ करोडमा बनेको थियो । यसले बक्सअफिसमा ४१ मिलियनसम्म कमाएको थियो । 

यो फिल्मको सुरुवात शेख हसीनाका पिता शेख मुजीबुर रहमानबाट हुन्छ । फिल्ममा उनी कसरी पाकिस्तानको जेलबाट छुटेर बंगलादेश आए भन्ने देखाइएको छ । फिल्ममा बंगलादेशको निर्माणदेखि लिएर साना साना घटना जोडिएका छन् । उनले जेलमा कसरी भोक हड्ताल गरेर एन्टी अयुब मुभमेन्टको हिस्सा कसरी बने भन्ने देखाइएको छ ।

शेखले सन् २००९ देखि बंगलादेशको प्रधानमन्त्रीको कुर्सी सम्हालेकी थिइन् । यसअघि उनी सन् १९९६ देखि सन् २००१ सम्म बंगालदेशको प्रधानमन्त्री थिइन् । उनी चारपटक प्रधानमन्त्री भइसकेकी छन् । उनी स्वतन्त्र बंगलादेशको पहिलो प्रधानमन्त्री थिइन् । 

शेखको सरकारले सन् १९७१ मा बंगलादेश स्वतन्त्रका लागि लड्ने स्वतन्त्रता सेनानीको आफन्तका लागि कैयौं सरकारी सेवाका लागि आरक्षण घोषणा गरेको थियो । यसको विरोध गर्दै विद्यार्थीहरु सडकमा आएका थिए । अधिक विरोधपछि सरकारले केही हदसम्म कोटा फिर्ता लिएको थियो । तर पनि विद्यार्थीले आन्दोलन रोकेनन् । किनकी शेखले आन्दोलनलाई दबाउन सेना परिचालन गरेकी थिइन् । यो हिंसामा सयौं विद्यार्थीको मृत्यु भएको थियो ।