काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेका छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् ।

उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगमानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । साथै आगामी दिनमा नेपाल– श्रीलंकाबिचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए । 

यस्तै कार्यवाहक राजूदतले पनि नेपाल–श्रीलंकाबिचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरे । श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैं रहने बताए  ।