काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ का लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले आइतबार २२ खेलाढीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। टी–२० विश्वकपपछि केही समय विश्राममा रहेको नेपाली टोली फेरि प्रशिक्षणमा जुट्नेछन्।

क्यानले कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
यस्तै करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोराले २२ सदस्यीय टोलीमा स्थान बनाएका छन्।