काठमाडौं–काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ । गोलभेडा, आलु, प्याज, गाजर, बन्दा, काउली र मूला लगायतका प्रमुख तरकारीको मूल्यमा उल्लेखनीय परिवर्तन आएको छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलका दैनिक मूल्यहरू सार्वजनिक गरेको छ । 

गोलभेडा ठुलो (नेपाली) प्रति किलो न्यूनतम ७० रुपैयाँ, अधिकतम ८० रुपैयाँ, औसत ७५ रुपैयाँमा बिक्री भइरहेको छ भने गोलभेडा सानो (लोकल) प्रति किलो न्यूनतम १२ रुपैयाँ, अधिकतम १८ रुपैयाँ र औसत १५ रुपैयाँमा उपलब्ध छ।

OM Sai Pathibhara Hospital

गोलभेडा सानो (टनेल) प्रति किलो न्यूनतम १८ रुपैयाँ, अधिकतम २८ रुपैयाँ, औसत २२.७५ रुपैयाँ, आलु रातो प्रति किलो न्यूनतम ६८ रुपैयाँ, अधिकतम ७२ रुपैयाँ र औसत ६९.६७ रुपैयाँमा बिक्री भइरहेको छ। 

भारतीय आलु रातो प्रति किलो न्यूनतम ५५ रुपैयाँ, अधिकतम ५८ रुपैयाँ, औसत ५६.३३ रुपैयाँ र मुडे आलु रातो प्रति किलो न्यूनतम ५२ रुपैयाँ, अधिकतम ५५ रुपैयाँ र औसत ५३.३३ रुपैयाँमा बिक्री भइरहेको छ।

भारतीय प्याज सुकेको प्रति किलो न्यूनतम ८० रुपैयाँ, अधिकतम ८५ रुपैयाँ र औसत ८२.६७ रुपैयाँमा बिक्री भइरहेको छ। गाजर (लोकल) प्रति किलो न्यूनतम १०० रुपैयाँ, अधिकतम १२० रुपैयाँ, औसत ११० रुपैयाँ, गाजर (तराई) प्रति किलो न्यूनतम ७० रुपैयाँ, अधिकतम ८० रुपैयाँ र औसत ७५ रुपैयाँमा उपलब्ध छ।

बन्दा (लोकल) प्रति किलो न्यूनतम ७० रुपैयाँ, अधिकतम ८० रुपैयाँ, औसत ७५ रुपैयाँ, काउली (स्थानीय) प्रति किलो न्यूनतम ८० रुपैयाँ, अधिकतम ९० रुपैयाँ, औसत ८५ रुपैयाँ र काउली (ज्यापु) प्रति किलो न्यूनतम ९० रुपैयाँ, अधिकतम १०० रुपैयाँ र औसत ९५ रुपैयाँमा बिक्री भइरहेको छ।

मूला रातो प्रति किलो न्यूनतम ३० रुपैयाँ, अधिकतम ४० रुपैयाँ, औसत ३५ रुपैयाँ, मूला सेतो (लोकल) प्रति किलो न्यूनतम १५ रुपैयाँ, अधिकतम २० रुपैयाँ, औसत १७.६७ रुपैयाँ, मूला सेतो (हाइब्रीड) प्रति किलो न्यूनतम २० रुपैयाँ, अधिकतम ३० रुपैयाँ, औसत २५ रुपैयाँ र भन्टा लाम्चो प्रति किलो न्यूनतम ४० रुपैयाँ, अधिकतम ५० रुपैयाँ र औसत ४५ रुपैयाँमा उपलब्ध छ। थप हेर्न यहाँ क्लिक गर्नुहोस्


4th aug tarkari