काठमाडौं- काभा महिला नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८-२५ ले गुमाउन पुग्यो । पाँचौं सेटमा १५-१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो।

OM Sai Pathibhara Hospital

नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।