काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीकोे केन्द्रीय कमिटी संख्या बढाएर ३ सय ४३ बनाएको छ। केन्द्रीय कमिटीको संख्या सार्वजनिक गर्नका लागि आजै केहीबेरमा बैठक बस्दैछ।

कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो। विधानअनुसार बनाइएको ‘क्लस्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ।

OM Sai Pathibhara Hospital

पार्टीमा २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। असार तेस्रो साता भएको महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारीसहित  ९० केन्द्रीय सदस्य घोषणा गरिएको थियो।