काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।

शपथ लिनेमा राज्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एकजना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन्।  नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्।