काठमाडौँ- नेकपा एमाले सम्पर्क समन्वय विभागका सचिवमा आरसी लामिछाने तोकिएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकले लामिछानेलाई विभागको सचिव चयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

लामिछाने अनेरास्ववियु अध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । एमालेले आजै स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेशदेखि जिल्ला र निर्वाचन क्षेत्र इन्चार्ज पनि तोकेको छ।