काठमाडौं–फ्रान्समा जारी पेरिस ओलम्पिक–२०२४ मा चीनले पुन: अग्रता लिएको छ । चीन ९ स्वर्णसहित १९ पदक जितेर अगाडि आएको हो । आयोजक फ्रान्स ८ स्वर्णसहित २६ पदक जितेर दोश्रो स्थानमा छ ।

यसअघि अगाडि शिर्ष स्थानमा रहेको जापान पनि ८ स्वर्णसहित १५ पदक जितेर तेश्रो स्थानमा रहेको छ । अष्ट्रेलिया ७ स्वर्णसहित १६ पदक जितेर चौथो स्थानमा रहँदा बेलायत ६ स्वर्णसहित १७ पदक जितेर पाँचौ स्थानमा रहेको छ । स्वर्ण पदक जित्ने देशहरूको संख्या २३ पुगेको छ ।  

OM Sai Pathibhara Hospital

अमेरिका भने ५ स्वर्णसहित ३० पदक जित्नै सातौं स्थानमा रहेको छ । छैटो स्थानमा रहेको दक्षिण कोरियाले ६ स्वर्णसहित १२ पदक जितेको छ ।


Paris Talika