काठमाडौं–आज ठूलो नेपाली गोलभेडाको मूल्य ७० देखि ८० रुपैयाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक सूची जारी गर्दै औसतमा ७६.६७ रुपैयाँ पुगेको जनाएको छ । हिजो ठूलो गोलभेडाको औसत मूल्य ७५ तोकिएको थियो । 

आज सानो गोलभेडा २० रुपैयाँदेखि लिएर ३० पार गरेको छ । रातो आलु केजीमा ६५ देखि ७० रुपैयाँ पुगेको छ भने औसत ६८ रुपैयाँ कायम गरिएको छ । भारतीय रातो आलु, मुडे रातो आलुको मूल्य पनि ५० देखि ६० रुपैयाँ कायम भएको छ । सुकेको प्याज  पनि ८० रुपैयाँ भन्दा धेरै पुगेको छ । गाजर पनि १२० रुपैयाँसम्म पुगेको छ । 

OM Sai Pathibhara Hospital


Tarkari 31th