काठमाडौं–फ्रान्समा जारी पेरिस ओलम्पिक–२०२४ मा जापानले सात स्वर्ण पदकसहित अग्रता कायम राखेको छ । जापानले ७ स्वर्ण, २ रजत र ४ कास्य पदक गरी अहिलेसम्म १३ पदक जितेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको चीनले ६ स्वर्ण, ६ रजत र २ कास्य पदकसहित कुल १४ पदक जितेको छ । तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले पनि ६ स्वर्ण, ४ रजत र एक कास्य गरी ११ पदक जितेको छ । 

OM Sai Pathibhara Hospital

चौथों स्थानमा रहेको आयोजक फ्रान्सले ५ स्वर्ण, ९ रजत र ४ कास्य पदक गरेर कुल १८ पदक जितेको छ । दक्षिण कोरियाले ५ स्वर्ण, ३ रजत र ३ कास्यसहित ११ पदक जितेर पाँचौं स्थान हासिल गर्दा अमेरिका ४ स्वर्ण, ११ रजत र कास्य पदकसहित कुल २६ पदक जितेर छैठौँ स्थानमा रहेको छ ।

स्वर्ण पदक जित्ने देशहरूको संख्या १६ पुगेको छ । नेपालले अहिलेसम्म कुनै पदक हात पार्न सकेको छैन । छिमेकी भारत दुई कास्य पदक जितेर ३३औँ स्थानमा रहेको छ । 

Paris