काठमाडौं–पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टन प्रतियोगिताको दोश्रो खेलमा नेपालका प्रिन्स दाहाल पराजित भएका छन् । 

आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका हुन् । विश्व वरियतामा ४३औँ स्थानमा रहेका गुयेनले एक सय ७२औँ स्थानमा रहेका प्रिन्सलाई राएका हुन् ।

OM Sai Pathibhara Hospital

समूह चरणको पहिलो खेलमा दाहाल पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।

समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन् । कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन् । ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो ।