काठमाडौं–फ्रान्समा जारी पेरिस ओलम्पिक– २०२४ मा अहिलेसम्म ३६ देशले पदक जितेका छन् ।

आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जित्दा कुल ३६ देशले पदक जितेका हुन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो तालिका अनुसार जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ । अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ । दक्षिण कोरिया पनि ५ स्वर्ण ३ रजत र १ काश्य पदक जित्न सफल भएको छ ।

अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ । त्यस्तै बेलायतले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकमा जित निकालेको छ ।

क्यानडा, हङकङ र जर्मनीले पनि समान २–२ स्वर्ण पदक जितेका छन् । काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले समेत स्वर्ण पदकको खाता खोलेका छन् ।