कैलाली- सुदूरपश्चिम प्रदेशसभाका ठूला तीन दलले वर्तमान सरकार गैरजिम्मेवार रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सामूहिक वक्तव्य जारी गर्दै सरकारले संसदलाई बन्दी बनाएको आरोप लगाए । प्रदेशमा विपद् आउँदा पनि सरकारले चासो नदिएको प्रमुख तीन दलको आरोप छ ।

कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले संयुक्त हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा सरकारले विशेष अधिवेशन छलेर गैर जिम्मेवार बनेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

‘विपद्को पूर्वतयारीमा प्रदेश सरकार चुक्यो नै त्यसपछिको उद्धार, राहत र पुनस्स्थापनाको सवाललाई समेत नजरअन्दाज गर्दा आम नागरिक अभिभावकविहीनताक अवस्थामा छन् । यस्तो विषम परिस्थितिको बेवास्ता गर्दै प्रदेश सरकारले हरेक दिन प्रतिगामी कदम चाल्दै जनताका समस्याहरूको छलफल गर्ने थलो अर्थात् सदनलाई बन्दी बनाएको छ’ तीन दलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।