काठमाडौँ-  प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गरेकी छन् ।

आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो । थापाले सोमबार उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक बसेका छन् ।

OM Sai Pathibhara Hospital

रुकुम पूर्व घर भएकी थापा महामन्त्री गगन थापा निकट मानिन्छिन् ।