काठमाडौं–मुख्यमन्त्री बहादुरसिंह लामाले भोली विश्वासको मत लिने भएका छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री लामाले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । भोली दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ ।

OM Sai Pathibhara Hospital

लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिनेछन् ।