काठमाडौं–एशिया कप महिला टी–२० २०२४ को फाइनल खेलमा आज भारत र श्रीलंका भिड्ने भएका छन् । प्रतियोगितामा अहिलेसम्म दुवै टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ । दुवै टोली यस एसिया कपमा अहिलेसम्म अपराजित छन् ।

भारतीय टोली ९ औं पटक एसिया कपको फाइनल खेल्दैछ । अर्कोतर्फ श्रीलंका छैटौं पटक फाइनलमा पुगेको छ । दुवै टोली लगातार दोस्रो पटक र कुल छैटौं पटक उपाधिका लागि भिड्दैछन् ।

OM Sai Pathibhara Hospital

यसअघि दुवै टोली पाँच पटक फाइनलमा भिडेका थिए, प्रत्येक पटक भारतले श्रीलंकालाई हराएको थियो । भारत यसअघि भएका आठमध्ये सात संस्करणको च्याम्पियन टोली हो । सन् २०१८ मा बङ्गलादेशले उपाधि जितेको थियो ।