काठमाडौं–पेरिस ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर ३ मा गएराति भएको खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २–० को सोझो सेटमा पराजित भए ।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराएका हुन् । प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले सोमबार आयरल्याण्डका हात गुयेनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग भिडन्त हुनेछ । ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो ।