काठमाडौं– साढे छ वर्षपछि कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षको भूमिकामा देखिने भएको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै माओवादी सत्ताविहिन भएको हो ।

योसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षी बेन्चमा देखिने छ । सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्रीसहित १८ जना मन्त्री बनेका छन् ।