बुटवल- पूर्वअर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमाले–कांगेस मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन्। 

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले कांग्रेस र एमाले मिलेकोमा उत्साह देखिएको बताए । 

OM Sai Pathibhara Hospital

उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । उनले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने उल्लेख गरे। 

उनले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम गरेर ल्याउनुपर्नेमा जोड दिए।

 पूर्वअर्थमन्त्री महतले शेयर बजार, जग्गा कारोबारलगायत क्षेत्रमा कर्जा प्रवाहका लागि सीमाहरु कायम राखेर गरेको माइक्रो म्यानेजमेन्टलाई विचार गर्नु आवश्यक रहेको बताए । उनले बैंकको ब्याजदरमा सहजता आएको बताउँदै शेयर बजार र घरजग्गा कारोबारमा रहेका सिमाहरुलाई खुकुलो गर्नुपर्ने बताए । उनले कर्जामा अनउत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनःविचार गर्न आवश्यक रहेको बताए ।