काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।

एमालेसहित सरकारमा सहभागी साना दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैछन्। यता, नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।बैठकले प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डले जानकारी दिए ।

एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ।