काठमाडौँ- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  बिहीबार साँझ ढिलो गरी बसेको बैठकमा मन्त्रीहरू अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 

प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि बैठकमा उपस्थित नभएको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभा बैठक चलाउन एक जना मन्त्री भए पनि उपस्थित हुनुपर्छ । तर, बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित भएनन् । 

त्यसपछि सभामुख घिमिरेले बैठकमा शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।