काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ। 

आज बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालका विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट हालै अलग भएको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन्।

नेकपा एमाले, जसपा, नागरिक उन्मुक्तिलगायत पार्टी सरकारबाट बाहिरिएसँगै दाहालले विश्वासको मत लिन लागेका हुन्।