काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो।

महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । विधान अनुसार केन्द्रीय समिति २४१ जना हुनुपर्ने त्यसमध्ये उनले २१५ जनाको नाम मात्र सार्वजनिक गरेका छन् ।

OM Sai Pathibhara Hospital

बाँकी पदाधिकारी अब केन्द्रीय समितिको बैठक बसेर चाँडै टुंग्याउने तयारी रहेको उनले बताए । अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य रहेका छन् ।

्जसपामा अध्यक्षसहित सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ हुने व्यवस्था छ। जेठ २८ गते वीरगन्जमा जसपाको पहिलो महाधिवेशन भएको थियो। पदाधिकारीमा आकांक्षी धेरै भएपछि उपेन्द्रले कमिटी नबनाइ महाधिवेशन स्थगित गरेका थिए। उपेन्द्रले अझै पदाधिकारी बनाउन सकेका छैनन्। अझै केही समय लाग्ने बताइको छ। 

अध्यक्षबाहेकका पदमा नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो। जसपा नेपालमा २१ जना पदाधिकारीसहित दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो खालिद, गोविन्द चौधरी, आङ्देङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगरसहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए।

एक जना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा गरी छ जनाले उम्मेदवारी दिएका थिए। दुई सय एक पदका लागि तीन सय भन्दा बढीको उम्मेदवारी परेको थियो। मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने घोषणा अध्यक्ष यादवले गरेका थिए।