काठमाडौँ- भारतको पुरुष क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन्। उनले टी-२० पुरुष विश्वकप २०२४ को सफल अभियान पछि राहुल द्रविडबाट जिम्मेवारी सम्हाल्नेछन्।

बीसीसीआई सेक्रेटरी जय शाहले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन्। ‘भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा गौतम गम्भीरलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ,’ शाहले पोस्ट गरेका छन्।

OM Sai Pathibhara Hospital