काठमाडौँ- संविधानको धारा ७६ (३) को सरकार बन्ने आशंका गर्ने कांग्रेस नेता शेखर कोइरालाले दुईदिनपछि नै बोली फेरेका छन्।

उनले दुई दिनअघि मात्रै  वर्तमान सरकार लडेसँगै ठूलो दलको नेतृत्वमा सरकार जाने बताएका थिए। उनले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्म भन्न भ्याए। उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे।

OM Sai Pathibhara Hospital

त्यसपछि कांग्रेसभित्रै पनि शेखर प्रधानमन्त्रीको लाइनमा हिँडेको आरोप लागेको थियो। तर आज नै उनले संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन्।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले भने,‘म तपाईं‌हरूलाई विश्वास दिलाउन चाहन्छु । अब बन्ने सरकार ७६ (२) कै हुन्छ ।’ आफूले ७६ (२) को सरकारका विषयमा बोलेको कुरालाई ७६ (३) को जस्तो गरी प्रस्तुत गरिएको भन्दै उनले मिडियासँग गुनासो गरे ।

दुई ठूला दल एक ठाउँमा उभिएर आलोपालो सरकारको नेतृत्व गरेर अगाडि जाने निर्णय गरिएको उनले सुनाए ।विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले दिएको उल्लेख गर्दै कोइरालाले भने, ‘विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले अधिकार दिएको छ । राजीनामा दिनुपर्छ भनेर हामी अगाडि बढेर केही फाइदा छैन ।’

कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले ७६ (२) अनुुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी १७ असारमा सहमति बनेको थियो । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएका छन् ।

वर्तमान नजिर कोशीको, स्वामित्वकै शेखरको यसअघि कोशी प्रदेशमा कांग्रेस एमाले मिलेर सरकार बनाएका थिए। कांग्रेस नेता केदार कार्कीलाई एमालेले बोकेर सरकार बनाएको थियो।

जबकी केदारलाई सहयोग गर्दा कांग्रेसको संस्थापन इतर पक्षमा एमालेसँग मिलेको थियो। कांग्रेसको इतरपक्षको नेतृत्व शेखरले नै गर्छन्। तर अहिले तिनै शेखर केन्द्रमा आशंका गर्दै हिँडेका छन्।