काठमाडौँ- युरो २०२४ मा समूह चरण खेल सकिएसँगै अब प्रि क्वाटंरफाइनलका खेल सुरु हुँदैछन्। क्वाटरफाइनल पुग्न सानदार प्रदर्शनसँगै भाग्यसाली टिम पुगेका छन्। 

कुनै टिममा निरन्तर बराबरीले अन्तिम १६ मा पुगेका छन् भने कुनै टोली जितपछि पनि घर फर्किएका छन्। जस्तो, युक्रेन।

OM Sai Pathibhara Hospital

यसपटक युक्रेन अभागी ठहरियो। समूह इ मा परेको यो टोली शीर्ष टोलीकै समान अंक ल्यायो। समूह इ का रोमानिया, बेल्जियम र स्लोभाकिया ४ अंकले नै माथिल्लो चरणमा जाँदा युक्रेन ४ अंक नै ल्याएर बाहिरियो। 

अन्य टोलीसँग युक्रेन गोल अन्तरले पछाडि धकेलियो। युरोमा एउटै समूहका तीन टोलीसम्म माथिल्लो चरणमा जाने सम्भावना रहन्छ। तर ४ अंक ल्याए पनि युक्रेन गोल संख्याले स्तब्ध भयो। यता समूह सीका स्लोभानिया र डेनमार्क जम्मा ३ अंकले नै प्रि क्वार्टर फाइनल पुगे। उनीहरू कुनै पनि खेल नजिति ३ खेलमै बराबरी गरेका छन्। 

यसका साथै समूह सीको इंग्लयान्ड जम्मा ५ अंकमै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनायो। यसपटक लगातार जित पराजित बन्नेमा स्पेन बन्यो। स्पेनले ३ खेलमा ३ नै जित निकाल्दै सबै समूहभन्दा माथिको अंक बटुल्यो।  

अबको यात्रा,

अब युरो २०२४ मा समूह विजेता र उपविजेता बन्दै १२ टिम प्रि क्वार्टंर फाइनल पुगेका छन्। यसबाहेक भाग्यशाली ४ टिम पनि अन्तिम १६ मा परेका छन्। १२ टिमका अतिरिक्त ४ टोलीले गोल संख्या र उत्कृष्ठताका आधारमा स्थान बनाएका हुन्।

अब भने टोलीको नकआउट चरण सुरु हुनेछ। उत्कृष्ट प्रदर्शनको आश फ्रान्स र बल्जियमबीच तीब्र प्रतिस्पर्धा हुने अनुमान छ। किनकि, यी दुवै टोली युरोको उपाधि दाबेदार हुन्।

एम्बाप्पेको आश

यसपटक युवा स्टार किलियन एम्बाप्पेले फ्रान्सको कप्तानी सम्हालेका छन्। उनका अतिरिक्त फ्रान्समा ओसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरोर्ड, एन्टोनी ग्रीजमान, थोमस लिमार, फ्लोर थाउभिन, केइलिन एम्बाप्पे जस्ता विश्वकै उत्कृष्टमा पर्ने खेलाडी छन्।

कुनै बेला ग्रीजमान स्पेनिस टोलीमा चलेका खेलाडी थिए। जिरोर्ड अझै पनि चम्किरहेको नाम हो। यसमध्ये पनि एम्बाप्पे झनै आशालाग्दो नाम हो। तर भनिन्छ, एमबाप्पे विश्वकपमा जति चम्कन्छन्। युरोमा सक्दैनन्।

समूह चरणमा उनको प्रदर्शन कमजोर रह्यो। विश्वकै उदयमान खेलाडी एम्बाप्पेले समूह चरणमा एक गोल मात्र गर्न सके। त्यही पनि पोल्यान्डविरुद्ध पेनाल्टीमा।

हुन त ३ खेलमध्ये एक खेलमा उनी बेन्चमा रहे। फ्रान्सको फरवर्ड लाइन एमबाप्पकै भर पर्छ। यही कारण अबको फ्रान्सको फुटबलको एम्बाप्पेको हातमा छ। 

बेल्जियममा ब्रएना

नकआउटमा अब फ्रान्सको भेट अर्को उपाधि दाबेदार बेल्जियमसँग हुँदैछ। बेल्जियमसँग पनि विश्वकै उत्कृष्ट खेलाडी छन्। फ्रान्सको कप्तानी डि ब्रुएनाले गरेका छन्।

ब्रुएना यस्तो नाम हो, जुन इंग्लिस टिममा चर्चामा छ। प्रिमियर लिगको उपाधि जित्ने म्यान्चेस्टर सिटीका भरपर्दा खेलाडी हुन् उनी। यदि सिटीबाट ब्रुएला झिक्ने हो भने सिटी, सिटी रहदैन। प्रिमियर लिगको सुरुवाती चरणमा ब्रुएना इन्ज्युरी थिए।

त्यसबेला सिटीले कमजोर प्रदर्शन गर्यो। जब ब्रुएला फर्किए सिटी लयमा फर्कियो। उनका अतिरिक्त बेल्जियममा सिटीकै स्ट्राइकर जेम्स डोकु पनि बेल्जियममा छन्। पुराना खेलाडी रामेलु लुकाकु फ्रन्टलाइनमा हुन्छन्।

जान भेर्टोगेन, आर्थुर थिएट, जेनो डेबास्ट, वउट फेइस, थोमस मुनियर डिफेन्स लाइनमा छन् ।

हेड टु हुडेमा बेल्जियम र फ्रान्स

यी दुई टोलीको १० पटक भेट भएको छ। जसमध्ये फ्रान्सले ६ पटक जितेको भने बेल्जियमले २ पटक जितेको छ। दुईपटक बराबरीमा रोकिएको छ। दुवै टोलीका नयाँ कप्तान छन् भने नयाँ खेलाडी छन्। यसै कारण नतिजा मेदामा आमनेसामने नभई आकलन गर्न सकिने अवस्था छौ। 

अन्तिम १६ मा कुन कुन टोली पुगेनन्?

सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् ।

कसको भिडन्त कोसँग?

अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन् । यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्नेछन्। त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । यी मध्य एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबिचको विजेतासँग खेल्नेछन् ।

शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।