काठमाडौँ- महिला टी–२० एसिया कप–२०२४ क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यूएई शक्तिशाली टिम हो।

यूएई यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको उपाधि जितेको टोली हो। यता नेपाल भने सेमिफाइनलबाटै बाहिरिएको थियो। सुरुमा फाइनल खेल्ने दुई टिमले एसिया कप खेल्न पाउने एसीसीको नियम थियो।

OM Sai Pathibhara Hospital

परिमार्जन गरेर सेमिफाइनल पुगेको टोली पनि खेल्न पाउने बन्यो। यही कारण नेपाली महिला टिमले एसिया कप खेल्ने अवसर पाएको हो। 

बुधबार सार्वजनिक गरिएको परिमार्जित खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्न लागेको हो । सो खेल १९ जुलाईंमा हुनेछ ।

यस्तै, २१ जुलाईंमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । २३ जुलाईंमा आफ्नो तेस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’मा रहेका छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाईल्याण्ड समूह ‘बी’मा रहेका छन् ।

श्रीलंकाको डाम्बुलामा हुने प्रतियोगिताको फाइनल भने २८ जुलाईंमा हुनेछ ।