काठमाडौं- केही दिनयता विभिन्न माग राख्दै आन्दोलनमा होमिएका संसद् सचिवायलका कर्मचारीसँग सरकारीपक्षले ७ बुँदे सहमति जुटाएको छ। 

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो।

OM Sai Pathibhara Hospital

सहमतिमा कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढाइने भएको छ।

कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ ।

karmachari-sahamati