काठमाडौँ- गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पद सर्वोच्चले फर्काएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै देवकोटाको सांसद फकाउन आदेश दिएको हो।

देवकोटाले आफूविरुद्ध नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकी प्रदेश संसदीय दलले गरेको कारबाहीविरुद्ध हालेको रिट हालेका थिए। 

OM Sai Pathibhara Hospital

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई राहत दिने गरी माओवादीको कारबाही रोक्न अन्तरिम आदेश र विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।

माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै देवकोटालाई कारबाही गरेपछि उनी रिट लिएर सर्वोच्च पुगेका थिए।

उनी गोरखाबाट माओवादीको चुनाव चिन्हबाट चुनाव लडेका थिए। 

गत जेठ २८ गते ‘फ्लोर क्रस’ गरेर नेपालीकांग्रेस दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास दिएको भोलिपल्ट उनी गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका थिए। 

तर ३ दिन नबित्दै देवकोटाले मन्त्री पद गुमाएका थिए ।